logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

दृष्टिविहीनले उठाए देउसीभैलोबाट पौने २ लाख


  • उज्यालो अभियान

लालबन्दी, ०८ कात्तिक – तिहारमा सर्लाही, रौतहट, बारा र महोत्तरीका दृष्टिविहीन मिलेर देउसीभैलो खेलेका छन् ।

जसबाट पौने दुई लाख रुपियाँ सङ्कलन भएको छ । सर्लाही, रौतहट, बारा, महोत्तरी र सिन्धुली जिल्लामा देउसी भैलो खेलिएको नेपाल नेत्रहिन सङ्घ मधेश प्रदेशका सदस्य शिवेन्द्र यादवले बताए ।

संस्कृति जर्गेनासहित शिक्षामा पहुँच, अध्ययन सामग्री उत्पादन, छात्रवृत्ति कोष, आत्मनिर्भर प्रवद्र्धन र क्षमता विकासका लागि दृष्टिविहीनले देउसीभैलो खेलेका हुन् ।