logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

हरिपुरमा बजार व्यवस्थापन समिति चयन गर्न भोली भेला हुने


  • उज्यालो अभियान

हरिपुर, ०७ कात्तिक – सर्लाहीको पुरानो बजार हरिपुर बजारमा व्यवस्थापन समिति चयन गर्न भोली (शनिबार) सर्वपक्षिय भेला हुने भएको छ ।

लामो समयदेखि व्यवस्थापन समिति रिक्त रहेको बजारमा समिति चयनका लागि भोली बिहान १० बजे नगरपालिका कार्यालयको सभा हलमा भेला आयोजना गरिएको हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापाले बताए । थापाले भेलामा उपस्थितिका लागि सम्पूर्ण व्यापारी, राजनीज्ञित, समाजसेवी, अगुवा, स्थानीयवासीसहित सरोकारवालासँग आग्रह गरेका छन् ।

बजार समिति चयन गर्न हुने भेलामा नगरप्रमुख गोपाल पजियार, हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापालगायत आफै सरिक हुने भएका छन् ।