logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

ठोक्किएर पल्टिए कार र मोटरसाइकल, एक जना घाइते


  • उज्यालो अभियान

धनकौल, ०७ कात्तिक – सर्लाहीको धनकौल गाउँपालिका–५, छठीघाट पुल नजिक आज साँझ कार र मोटरसाइकल ठोक्किएर पल्टिएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक बसबरिया गाउँपालिका–२, का २१ वर्षीय अनिलकुमार सहनी घाइते भएका इलाका प्रहरी कार्यालय हरकठवाले जनाएको छ । सामान्य घाइते सहनीको सर्लाही गोल्डेन अस्पताल बरहथवामा उपचार भइरहेको छ ।

आज साँझ मानपुरबाट सिसौटतर्फ गइरहेको बीआर ३० ए एफ ४४०२ नम्वरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको डी एल १२ सी सी ३५१६ नम्वरको कार आपसमा ठोक्किएर पल्टिएका हुन् । कारका चालकलाई नियन्त्रणमा लिइ दुर्घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको छ ।