logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा एकसाथ दुई फुटबल प्रतियोगिता आयोजना हुँदै


  • उज्यालो अभियान

हरिवन, २२ असोज – सर्लाहीमा एकैसाथ दुईवटा फुटबल प्रतियोगिता सुरु हुन लागेका छन् ।

हरिवन नगरपालिका–६, घुर्कौलीमा प्रथम घुर्कौली कप फुटबल प्रतियोगिता र हरिपुर नगरपालिका–७, चिताइनमा दोस्रो मेयर कप फुटबल प्रतियोगिता आयोजना हुन लागेका हुन् । दुवै प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदै छ । आयोजकले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएका छन् ।

घुर्कौली युवा समूहले आयोजना गरेको प्रथम घुर्कौली कप फुटबल प्रतियोगितामा महोत्तरी र बारा जिल्लाको समेत गरी १४ वटा क्लबले टिम दर्ता गराएका छन् । कात्तिक ३ गतेसम्म आयोजना हुने प्रतियोगिताको बिजेताले ट्रफीसहित नगद एक लाख रुपियाँ र उपबिजेताले नगद ५० हजार रुपियाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक करण पाख्रिनले जानकारी दिए ।

यस्तै हरिपुर नगरपालिकाको सहयोगमा लक्ष्मीनाथ यूवा क्लबले आयोजना गरेको दोस्रो मेयर कप फुटबल प्रतियोगितामा हरिपुर नगरपालिकाभित्रका ९ वटा वडाले सहभागिता जनाउने भएको छन् । कात्तिक २ गतेसम्म आयोजना हुने प्रतियोगिताको बिजेताले ट्रफीसहित नगद एक लाख रुपियाँ र उपबिजेताले ५० हजार रुपियाँ प्राप्त गर्ने आयोजक लक्ष्मीनाथ यूवा क्लबका अध्यक्ष नरहरि धामीले बताए ।

घुर्कौली र चिताइन दुवै स्थानमा प्रमुख चाडपर्वलाई लक्षित गरी फुटबल खेल र खेलाडीलाई प्रोत्साहन गरी अवसर सिर्जना गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएका छन् ।