logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

विद्युतको सुरक्षित प्रयोगबारे सचेतना


  • उज्यालो अभियान

हरिपुर, ०८ असोज – बिजुली प्रयोग गर्दा के कसरी सुरक्षित रहने भन्नेबारे आज सर्लाहीको हरिपुर नगरपालिका ७ पचगछियाका स्थानीयलाई सचेतना प्रदान गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणको लालबन्दी वितरण केन्द्रले एडिबी र ग्रामीण प्रविधि केन्द्र नेपालसँग समन्वय गरी स्थानीयलाई विद्युतीय उपकरण साक्षरता कार्यक्रम प्रदान गरेको हो । विद्युतको उपयोगसँगै समयमै विद्युत महसुल बुझाउँदा हुने फाइदालगायत विषयमा स्थानीयलाई भेला पारेर प्रष्ट पार्ने काम गरिएको लालबन्दी वितरण केन्द्रले जनाएको छ ।

विद्युतको सुरक्षित प्रयोगका सम्वन्धमा लालबन्दी वितरण केन्द्रका प्रमुख त्रिभुवन यादव र एडिबीका लिखराम चौधरीले स्थानीयलाई सचेतना प्रदान गरेका छन् ।