logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सगुनको २६ औँ साधारण सभा सम्पन्न, २ करोड १२ लाख मुनाफा 


  • उज्यालो अभियान

हरिवन, ०६ असोज – मधेश प्रदेशकै प्रतिष्ठित सर्लाहीको हरिवन नगरपालिका–११, मा मुख्य कार्यालय रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको आज २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सुखेपोखरीस्थित चतुर्भूजेश्वर महादेव मन्दिर परिसरमा संस्थाका अध्यक्ष केशवप्रसाद ढकालको अध्यक्षता तथा संस्थाका बयोवृद्ध शेयर सदस्य (१०४ वर्षीया) गंगादेवी दाहालको प्रमुख आतिथ्यतामा २६ औँ साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा संस्थाका उपाध्यक्ष राजकुमार उप्रेतीले बजेट, नीति तथा कार्यक्रम, सचिव विनोद कार्कीले प्रगति प्रतिवेदन, ऋण उपसमिति सदस्य रामप्रसाद घिमिरेले ऋण उपसमितिको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक जयशंकर सिंहले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र प्रवन्धक रविन्द्र रानाले वित्तीय विवरण प्रस्तुत गरेका संस्थाले जनायो ।
संस्थाका प्रवन्धक रानाका अनुसार संस्थाले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ७० करोड २८ लाख ७५ हजार ७०२ रुपैयाँ कूल कारोवार गरी २ करोड १२ लाख ९ हजार ४६८ रुपैयाँ खूद मुनाफा आर्जन गरेको छ । संस्थाले आफ्ना शेयर सदस्यलाई ४ प्रतिसत लाभांश वितरण गर्ने निर्णयसमेत गरेको प्रवन्धक रानाले उज्यालो अभियानसँग बताए । सचिव विनोद कार्कीको संचालन तथा कोषाध्यक्ष पद्मा मोक्तानको स्वागतमा साधारण सभा सम्पन्न भएको हो ।
यसैबिच सगुनले २६ औँ वार्षिक साधारण सभाकै अवसरमा आज नै सुखेपोखरी मन्दिर परिसरमा रक्तदान कार्यक्रमसमेत सम्पन्न गरेको छ । प्रादेशिक रक्तसन्चार भरतपुरसँग समन्वय गरी आयोजना गरिएको उक्त कार्यक्रममा ५८ जनाले रक्तदान गरेका संस्थाका प्रवन्धक रानाले बताउनुभएको छ ।