लालबन्दी, ०६ असोज – प्रथम धनगढीमाई महिला गोल्डकपको उपाधि सर्लाहीको एभरेष्ट सेकेण्डरी एकेडेमी फुटबल क्लब लालबन्दीले हात पारेको छ ।
सिरहाको धनगढीमाई नगरपालिका–९, जिरोमाइलस्थित खेल मैदानमा सम्पन्न प्रतियोगितामा भप्सी एकेडेमी महोत्तरीलाई ४–१ गोलले पराजित गर्दै एभरेष्ट एकेडेमी सर्लाहीले उपाधि रक्षा गरेको हो । बिजेता एभरेष्टले प्रतियोगिताको ट्रफीसँगै नगद ५१ हजार १११ रुपैयाँ प्राप्त गरेको छ । उपबिजेता भप्सीले भने ३१ हजार १११ रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ताबाहेक अन्य सम्पूर्ण विधाका उत्कृष्ट पुरस्कार एभरेष्ट एकेडेमीका खेलाडीले नै प्राप्त गरेका एभरेष्ट एकेडेमीका प्रशिक्षक अर्जुन चौधरीले जानकारी दिए ।