logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कुनै समान चोरी गरेको भए ३ दिनभित्र फिर्ता गरिदिन सूचना


  • उज्यालो अभियान

बयलवास, ३० भदौ – सर्लाहीको ईश्वरपुर नगरपालिकाले जेनजी पुस्ताको आन्दोलनको क्रममा कोही कसैले नगरपालिका कार्यालयबाट सरसामग्री चोरी गरेको भए ३ दिनभित्र फिर्ता गरिदिन सूचना जारी गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. पंकजकुमार साहले सूचना जारी गर्दै कार्यालयको भवनमा आगजनी पश्चात ल्यापटप, डेक्सटप, मोनिटर, टेलिभिजन, प्रिन्टर तथा अन्य उपकरण र कार्यालयका अतिआवश्यक कागजातसहितको फर्निचर चोरी भएको उल्लेख गरेका छन् । चोरी भएको फोटो, भिडियो र नामावली खुल्दै गएकाले तीन दिनभित्र फिर्ता नगरे प्रहरीले अनुसन्धान गरिरहेकाले कानून बमोजिम कारवाही हुने प्रमुख प्रशासकीय अधिकृत डा. साहले बताएका छन् ।

आगजनीबाट ठूलो क्षति बेहोरेको नगरपालिका कार्यालय संचालन गर्न हिजोदेखि सरसफाई गर्न सुरु गरिएको नगरप्रमुख मनोजकुमार आचार्यले जानकारी दिए ।