logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कांग्रेस सर्लाहीले भदौ १२ गते श्रद्धान्जली सभा गर्ने


  • उज्यालो अभियान

लालबन्दी, ०९ भदौ – नेपाली कांग्रेस सर्लाहीले भदौ १२ गते श्रद्धान्जली सभा गर्ने भएको छ ।

नेपाली कांग्रेस सर्लाहीका पूर्व सभापति, नेपाल किसान संघका पूर्व केन्द्रीय अध्यक्ष, प्रजातन्त्र सेनानी वासुदेवशरण कोइरालाको स्मृतिमा आगामी बिहीबार कांग्रेस सर्लाहीले श्रद्धान्जली सभा गर्ने भएको हो । सो दिन बिहान ११ बजेपछि पार्टीका महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यतामा श्रद्धान्जली सभा आयोजना गर्न लागिएको नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले जानकारी दिए ।

पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमका संरक्षकसमेत रहेका कोइरालाको भदौ ३ गते ९३ वर्षको उमेरमा निधन भएको थियो ।

नेपाली कांग्रेस क्षेत्र नं. १ ले पार्टीका पूर्व महामन्त्री डा. शशांक कोइरालाको प्रमुख आतिथ्यतामा केही दिनअघि श्रद्धान्जली सभा सम्पन्न गरिसकेको छ ।

आज मात्रै कांग्रेस नगर समिति लालबन्दीसहित विभिन्न संघसंगठनले श्रद्धान्जली सभा सम्पन्न गरेका छन् ।