नवलपुर, ०६ भदौ – नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशाङ्क कोइरालाले भर्खरै दिवंगत भएका वासुदेवशरण कोइराला जस्ता नेता युगले बिरलै पाउने बताएका छन् ।
प्रजातन्त्र सेनानी कोइरालाको ९३ वर्षको उमेरमा गएको मङ्गलबार निधन भएको थियो । नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. १ ले आज दिवंगत कोइरालाको निवास लालबन्दी नगरपालिका–२, जुटपानीमा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्वोधन गर्दै कांग्रेसका पूर्व महामन्त्री कोइरालाले प्रजातान्त्रिक आन्दोलन र समाज रुपान्तरणमा दिवंगत कोइरालाको योगदान अतुलनीय रहेको बताएका हुन् ।
“उहाँ जस्तो त्यागी र समर्पित नेता अब पाइदैन,” कोइरालाले उनले, “उहाँले देखाएको बाटोमा हामी नेता, कार्यकर्ता हिँड्न सके मात्रै उहाँप्रति उच्च सम्मान व्यक्त हुन सक्छ ।” जीवनमा कहिल्यै लाभको पदमा नबस्नुभएका कोइरालाको राजनीतिक र सामाजिक जीवन अनुकरणीय रहेको कांग्रेस पूर्व महामन्त्री कोइरालाको भनाइ छ ।
कोइरालाले मुुलकमा राष्ट्रिय एउताको विकल्प नरहेकोसमेत बताएका छन् । कार्यक्रममा कांग्रेसका दिवंगत नेता कोइरालाको तस्बिरमा पूर्व महामन्त्री कोइरालासहित पार्टीका केन्द्रीय सदस्य उर्मिला थपलिया, नेताहरु रामचन्द्र तिवारी, गुरु बराल, दीपक अधिकारी, शम्भुलाल श्रेष्ठ, हरिबहादुर लुङ्गेलीलगायतले तस्बिरमा माल्र्यापण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।