logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

चन्द्रनगरमा वाइसिएलद्वारा वृक्षरोपण


  • उज्यालो अभियान

पोखरिया, ०२ भदौ – सर्लाहीको चन्द्रनगर गाउँपालिका–४, पोखरियामा आज नेकपा माओवादी केन्द्र निकट योग कम्युनिष्ट लिग (वाइसिएल) नेपालको अगुवाइमा वृक्षरोपण गरिएको छ ।

श्रम तथा उत्पादनमा वाइसिएल अभियान अन्तर्गत स्वर्गिय रामवृक्ष यादवको ३१ औँ स्मृतिको अवसरमा वृक्षरोपण गरिएको हो । वृक्षरोपणमा माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्युतम काफ्ले, केन्द्रीय सदस्य एवं सर्लाही क्षेत्र नं. १ का निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साहलगायतका नेता कार्यकर्ता सरिक भएका माओवादी केन्द्र चन्द्रनगरका इन्चार्ज लोकेन्द्र मुखियाले जानकारी दिए ।

मुखियाका अनुसार वृक्षरोपण अभियान अन्तर्गत पोखरिया क्षेत्रमा विभिन्न फलफूल तथा फुलजन्य १ हजार ५०० बिरुवा रोप्ने लक्ष्य छ ।