logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मलंगवामा राट्रिय मुक्ति पार्टीको पार्टी प्रवेश कार्यक्रम सम्पन्न


  • उज्यालो अभियान

मलंगवा, ३० साउन – सर्लाही सदरमुकाम मलंगवामा आज राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा भर्खरै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सर्लाही छाडेका (तत्कालिन जिल्ला उपाध्यक्ष) गणेश यादवसहित अन्य नेता कार्यकर्ता राष्ट्रिय मुक्ति पार्टीि नेपालमा प्रवेश गरेका छन् । यादवसहित जसपाकी केन्द्रीय सदस्य आरती झा, जिल्ला उपाध्यक्ष मुकेश पण्डित, क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव, हरिपूर्वाका पूर्व वडाध्यक्ष पुरुषोत्तम राय यादव, जाहिर अन्सारी, रामसोगारथ राय, जवाहार साहलगायत पार्टी प्रवेश गरेका छन् ।

नवप्रवेशीलाई पार्टी अध्यक्ष राजेन्द्र महतो, वरिष्ठ उपाध्यक्ष रामनरेश रायलगायतले राष्ट्रिय मुक्ति पार्टी नेपालमा स्वागत गर्दै पार्टी सदस्यता प्रदान गरेका छन् । कार्यक्रममा हरिपूर्वा, पर्सा, ब्रम्हपुरी क्षेत्रबाट पार्टीका ठूलो संख्यामा कार्यकर्तालाई सदरमुकाम मलंगवामा उतारिएको थियो ।