लालबन्दी, २८ साउन – नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सर्लाहीको अध्यक्षमा इन्द्र योन्जन चयन भएका छन् ।
आज लालबन्दीस्थित नेपाली कांग्रेस नगर समितिको कार्यालयमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले योन्जन अध्यक्ष रहने गरी महासंघको २२ सदस्यीय जिल्ला कार्य समिति घोषणा गरिएको हो । समितिको उपसभापतिमा तेजनारायण चौधरी, सचिवमा गणेश श्रेष्ठलगायत अन्य सदस्य रहेका छन् ।
नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहको प्रमुख आतिथ्यता तथा पूर्व मन्त्री शम्भुलाल श्रेष्ठको विशिष्ठ आतिथ्यतामा आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिएको हो ।