logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

डेङ्गुबारे लालबन्दीमा सचेतना


  • उज्यालो अभियान

लालबन्दी, २१ साउन – सर्लाहीको लालबन्दीमा आज डेङ्गु रोग नियन्त्रण अन्तर्गत लार्भा नष्ट गर्ने अभियान एवं सचेतना कार्यक्रम गरिएको छ ।

लालबन्दी नगरपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाले डेङ्गुबारे सचेतना कार्यक्रम गरेको हो । स्वास्थ्यकर्मीले बजार क्षेत्रमा माइकिङ गर्दै लामखुट्टेको बसाइ रहने सक्ने क्षेत्रमा सचेतना जगाउने काम गरेको स्वास्थ्य शाखाका रोशन चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार लालबन्दी बजार क्षेत्र पर्ने वडा नं. ६, ७ र ९ मा सचेतना जगाउने काम गरिएको हो । विशेष गरी ग्यारेजमा गाडीका थोत्रा टायर र हार्डवेयर पसलमा खाली ड्राम जथाभावी राख्दा त्यहाँ जम्ने पानीमा लामखुट्टे बसेर डेङ्गु सार्ने जोखिम रहेकाले ग्यारेज र हार्डवेयर सञ्चालकलाई सचेत गराउने काम गरिएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शााखाले जनाएको छ ।

लालबन्दी नगरपालिकामा अहिले वडा नं. १ नवलपुर क्षेत्रमा दुई जना व्यक्तिमा डेङ्गु सङ्क्रमण देखा परेको छ । नवलपुर क्षेत्रमा पनि आगामी शुक्रबार सचेतनामूलक कार्यक्रम गर्ने तयारी गरिएको स्वास्थ्य शाखाका संयोजक मुमताज मिकरानीले बताए ।

डेङ्गु रोग एडिज लामखुट्टेको टोकाइबाट सर्ने चिकित्सकले बताएका छन् । चिकित्सकले घर वरिपरी पानी जम्न नदिन, सुत्दा झुलको प्रयोग गर्न, पानी जम्ने खाल्डाखुल्डी पुर्न सुझाव दिएका छन् ।