हरिवन, १९ साउन – सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले आज २६ औँ वार्षिकोत्सव तथा स्थापना दिवस मनाएको छ ।
संस्थाको आफ्नै सभा हलमा अध्यक्ष केशवप्रसाद ढकालको अध्यक्षता तथा सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रतीको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि निवर्तमान रक्षामन्त्री तथा सांसद उप्रेतीले सगुन सहकारीप्रति आम मानिसको विश्वास र भरोसा रहेको भन्दै आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरेका छन् । यस सहकारीले उखु किसानको भुक्तानीदेखि अनेक संकटका बेला सहज र सुविधाजनक ढंगले वित्तीय कारोवार गरेर शेयर सदस्यलाई खुसी बनाइराख्न सफल भएको भन्दै प्रशंसा गरे ।
यस्तै मधेश प्रदेश सभा सदस्य तथा सहकारी अभियन्ता जवाहारलाल कुशवाहाले अन्य थु्रपै सहकारी संस्था फरार भएका र टाट पल्टिएको अवस्थामा सगुन सहकारी भने मधेश प्रदेशमै उत्कृष्ट सहकारीको रुपमा उदाएको भन्दै आगामी दिनमा अझ सफलता चुम्ने गरी अघि बढ्न आग्रह गरेका छन् ।
त्यसैगरी हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) ले विभिन्न समयको आन्दोलन, कोरोना महामारीलगायत संकटका बेला अन्य ठूला वाणिज्य बैंकहरुले यसभेगमा पैसा दिन नसकिरहेको अवस्थामा सगुन सहकारीले जोखिम मोलेर सिमरा, हेटौंडासम्म गएर पैसा ल्याई शेयर सदस्य तथा सर्वसाधारणलाई भुक्तानी गरेको भन्दै यस क्षेत्रमा संस्थाको योगदान उत्कृष्ट रहेको बताए ।
कार्यक्रममा हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान, पूर्व प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, हरिवन नगरपालिका ४ का वडाध्यक्ष केशवराज थापा, जिल्ला बचत संघकी अध्यक्ष मन्दिरा आचार्य, संस्थाका उपाध्यक्ष राजकुमार उप्रेती, संस्थाका संस्थापक अध्यक्ष बाबुराम घिमिरे, सल्लाहकार विदुरकुमार प्याकुरेल, सहकारी संजाल हरिवनका संयोजक रामप्रसाद घिमिरे र संस्थाको युवा उप–समिति सदस्य उत्तरकुमार मैनालीले मन्तव्य व्यक्त गरेका छन् ।
संस्थाका सचिव विनोद कार्कीले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष पदमा मोक्तानले स्वागत मन्तव्य व्यक्त गरिन् । २६ औँ स्थापना दिवसको अवसरमा संस्थाले आज नै आफ्नो स्मारिक समेत विमोचन गरेको छ ।
संस्था स्थापनाको २५ वर्ष पार गरी २६ औँ वर्षमा लागेको अवसरमा आयोजित कार्यक्रममा बचतकर्ता, व्यवसायी, उत्कृष्ट बाल बचत सम्मान, उत्कृष्ट कर्मचारी सम्मान र सगुन रजत पत्रकारिता सम्मान प्रदान गरिएको छ ।
सम्मानित हुनेहरुमा बचतकर्तातर्फ उत्कष्ट नियमित बचत सम्मानबाट लालबन्दी ४ का देवराज पौडेल, लालबन्दी ७ का धनबहादुर श्रेष्ठ र लालबन्दी १ की शान्ता देवकोटालाई सम्मान गरिएको छ । व्यवसायी सम्मानतर्फ उत्कृष्ट व्यवसायी हरिवन ११ का शेष सुकतान, हरिवन ११ कै सकिला खातुन, हरिवन ९ का नागेन्द्रकुमार कुशवाहा, बागमतीकी नारायणी सापकोटा, बागमतीकै वुद्धिबहादुर बानियाँ र हरिवन ११ का सम्झना थापालाई सम्मान गरिएको छ । उनीहरुलाई दोसल्ला, प्रमाण–पत्र र नगद ४ हजारसहित सम्मान गरिएको हो ।
यस्तै उत्कृट बाल बचत सम्मानबाट हरिवन ६ घुर्कौलीकी लक्ष्मी योन्जन, हरिवन ११ हाल धरहराकी अनुजा बल, हरिवन ६ घुर्कौलीकी सृष्टि मैनाली, हरिवन ११ की अलिसा दाहाल, बागमती कर्मैयाकी जोत्सना बानियाँ, हरिवन ८ का दिक्सन श्रेष्ठ, हरिवन ११ का ऋषि दाहाल, हरिवन ८ का आशिष श्रेष्ठ, हरिवनका आरभ भट्टराई र हरिवन ८ का सक्षम पोखरेललाई सम्मान गरिएको छ । उत्कृष्ट बाल बचतकर्तालाई ब्याग प्रदान गरी सम्मान गरिएको छ ।
यस्तै संस्थाले उत्कृष्ट कर्मचारीको रुपमा सेवा केन्द्र बागमतीकाका प्रमुख अशोक कोइराला, ऋण ताकेता फाँटकी शोभा न्यौपाने, ऋण सदस्य सेवाका सरोज कुमार महतो, सुरक्षा फाँटका लोकबहादुर खड्का र सदस्य सेवा सहायक बिशाल दाहाललाई सम्मान गरेको छ । उत्कृष्ट कर्मचारीलाई ५ हजार नगदसहित सम्मान–पत्र र दोसल्लाबाट सम्मान गरिएको हो ।
त्यसैगरी सगुन रजत पत्रकारिता सम्मानबाट उज्यालो अभियान दैनिकका समाचार प्रमुख एवं संचारकर्मी जनार्जन खत्रीलाई सम्मान–पत्र, दोसल्ला र नगद ७ हजार रुपैयाँसहित सम्मान गरिएको संस्थाले जनाएको छ ।
२५ वर्षअघि १ लाख ७६ हजार लगानीबाट सुरु भएको संस्थाको हाल १ अर्ब १९ करोड लगानी पुगिसकेको संस्थाका प्रवन्धक रविन्द्र रानाले उज्यालो अभियानसँग बताए ।