logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कर्मचार्यको स्मृति दिवस मनाइयो


  • उज्यालो अभियान

परवानीपुर, ०९ साउन – नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचार्यको १२ औँ स्मृति दिवस आज सर्लाहीको परवानिपुरमा मनाइएको छ ।

नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठान सर्लाहीको आयोजनामा लालबन्दी नगरपालिका १६ परवानीपुरस्थित वडा कार्यालयको सभा हलमा कर्मचार्यको स्मृति दिवस मनाइएको हो । प्रतिष्ठानका अध्यक्ष अर्जुन पन्तको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्युतम काफ्लेको प्रमुख आतिथ्यतामा कर्मचार्यको स्मृति दिवस मनाइएको कार्यक्रम संचालक कृष्ण गौतमले जानकारी दिए ।

सहभागीले दिवंगत कर्मचार्यको तस्बिरमा माल्र्यापण गर्दै उनले राजनीतिक जीवनमा पुर्याएको योगदानको चर्चा गरेका छन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सावित्रा बुढाथोकी, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी, नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, माओवादी नेता लुमडीप्रसाद धिमाल (लोचन), निर्मल लामा स्मृति प्रतिष्ठानका अध्यक्ष ज्ञानबहादुर थापा, पुष्पलाल स्मृति प्रतिष्ठान सर्लाहीका अध्यक्ष उद्धव पाठक, लालबन्दी ८ का वडाध्यक्ष शुक्रबहादुर पाख्रिन, १५ का वडाध्यक्ष गोरखबहादुर बल, १६ का वडाध्यक्ष गणेशबहादुर थापालगायतको आतिथ्यता रहेको थियो ।