logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा ४३ औँ बीपी स्मृति दिवस मनाइँदै


  • उज्यालो अभियान

लालबन्दी, ०६ साउन – ४३ औँ बीपी स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी सर्लाहीसहित देशभर मनाइँदैछ ।

कांग्रेस सर्लाही र उसका विभिन्न भातृ संस्थाले आज विविध कार्यक्रम गरी वीपी स्मृति दिवस मनाउँदै छन् । नेपाली कांग्रेस क्षेत्र नं. १ ले ईश्वरपुर नगरपालिका ६ स्थित नारायण बहुमुखी क्याम्पस परिसरमा अहिले बिहान वृक्षरोपण कार्यक्रम आयोजना गरेको क्षेत्रीय सभापति हरि लुंगेलीले बताएका छन् ।

नेपाल विद्यार्थी संघ जनज्योति बहुमुखी क्याम्पस इकाई समितिले लालबन्दी नगरपालिका ७ मा रहेको गुरुकुलमा शैक्षिक सामग्री वितरण गर्दै छ । अहिले बिहान गुरुकुलका बटुकलाई शैक्षिक सामग्री वितरण गर्ने तयारी गरिएको नेविसंघ क्याम्पस इकाइ समितिका सभापति निर्मल अधिकारी (सफल) ले जनाए ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी उनको स्मृति दिवस मनाउन लागिएको हो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको निधन २०३९ साउन ६ गते भएको थियो ।

नेपाली साहित्यमा पनि बीपीको स्थान उच्च छ । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ उपन्यास प्रकाशित छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ प्रकाशित छ ।