logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बलराले ल्यायो नीति तथा कार्यक्रम


  • उज्यालो अभियान

बलरा, ०७ असार – सर्लाहीको बलरा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का नगरसभामा नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेको छ ।

नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाले आज १५ औँ नगर सभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । मेयर कुशवाहाले ७६ करोड बराबरको अनुमानित बजेट प्रस्तुत गरेका बलरा नगरपालिकाले जनायो ।

संविधान सभा सदस्यशिवपुजनयादवको प्रमुखआतिथ्यतामानगर सभाको उद्घाटन गरिएको हो ।

सर्लाहीमा अहिलेसम्म बागमती नगरपालिका, कौडेना र चक्रघट्टा गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याइसकेका छन् भने अन्य पालिका पनि असार १० भित्रै आ–आफ्नो गाउँ तथा नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारीमा रहेका छ्न ।