logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीको शपथग्रहण एवं पदस्थापन


  • उज्यालो अभियान

लालबन्दी, ०७ असार – उद्योग वाणिज्य संघ लालबन्दीका नवनिर्वाचित पदाधिकारीको शपथग्रहण एवं पदस्थापन कार्यक्रम आज सम्पन्न भएको छ ।

लालबन्दी ६ स्थित संघको आफ्नै सभा हलमा शपथग्रहण र पदस्थापन कार्यक्रम एकसाथ सम्पन्न भएको हो । उद्योग वाणिज्य संघ लालबन्दीको १० औँ अधिवेशनसहितको साधारण सभाबाट एक साताअघि महेशकुमार महतो अध्यक्ष रहने गरी निर्विरोध नयाँ कार्य समिति चयन भएको थियो ।

संघको नवनिर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद देवकोटा, उपाध्यक्षमा (उद्योग तर्फ) बिशाल थापा, उपाध्यक्षमा (वाणिज्य तर्फ) राजकुमार चौधरी, महासचिवमा गोपालबहादुर श्रेष्ठ, कोषाध्यक्षमा बिक्रम खड्का, उप–महासचिवमा सन्जित शंकर, सचिवमा कमलाकुमारी थापा र सह–सचिवमा सुधिरकुमार गुप्तासहित सदस्य रहेका छन् । यिनै निर्वाचित पदाधिकारी र सदस्यहरुको संघका निवर्तमान अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ लालबन्दीका संस्थापक अध्यक्ष देबिबन्धु थापा, संघका पूर्व अध्यक्ष बाबुकाजी नुच्छे प्रधान, संघकै पूर्व अध्यक्ष कल्याणकुमार जोशी, लालबन्दी तरकारी बजारका अध्यक्ष प्रमोद थपलिया, बजारका पूर्व अध्यक्ष दरेश चौधरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक  रजोस घिमिरे, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीलगायतको आतिथ्यता रहेको थियो ।