रीना आले/हरिवन, ०५ असार – हरिवन नगरपालिकाले स्वास्थको क्षेत्रमा ह्याट्रिक गर्ने लक्ष्य राखेको छ ।
नगर प्रमुख कमल बुढाथोकीले हरिवन नगरपालिका स्वास्थ्यको क्षेत्रमा मधेस प्रदेशको १३६ पालिकामध्ये लगातार २ पटक प्रथम भएपछि अब ह्याट्रिक गर्ने लक्ष्य रहेको बताएका हुन् । आज नगरपालिकामा आयोजित “पुर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चितता कायम “ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै बुढाथोकीले यस्तो बताएका हुन् ।
हरिवन नगरपालिकाले १६ देखि ५९ महिना सम्मका बालबालिकालाई नियमित खोप सेवा प्रदान गर्दै पुर्णखोप नगरपालिका घोषणा गरेको हरिवन स्वास्थ्य शाखाले जनायो ।

कार्यक्रममा नगर प्रमुख बुढाथोकीले यो सफलता स्वास्थकर्मी, महिला स्वास्थ स्वयंसेवकलाई र सम्पुर्ण नगरवासिहरुको सामुहिक प्रयासको नतिजा हो भनेका छन् । अब हाम्रो जिम्मेवारी यो उपलब्धिलाई निरन्तरता दिने रहेको भन्दै यसै आर्थिक वर्षदेखिदेखी महिला स्वास्थ्य स्वयंसेविकलाई स्वास्थ्य बिमा कार्यक्रम समेत गर्ने नगर पालिकाले घोषणा गरेको छ ।
मेयर बुढाथोकीको अध्यक्षता तथा स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डाः नवल किशोर झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख हरिमाया घलान, प्रशासकीय अधिकृत हेमराज फुयाल, डब्लुएचओका डाः राजिव कुमार शर्मा , वडाध्यक्ष लगायत सम्पुर्ण स्वास्थ केन्द्रमा कार्यरत स्वास्थकर्मी र महिला स्वयंसेवका हरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने ११ वटै वडाका स्वास्थ संस्था र परिवार नियोजनलाई समेत प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राम बाबु चौधरीले जानकारी दिए ।