logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

ईश्वरपुरलाई एम्बुलेन्स उपहार


  • उज्यालो अभियान

बयलवास, ०१ असार – सर्लाहीको ईश्वरपुर नगरपालिकालाई उपहारस्वरुप एक थान एम्बुलेन्स प्राप्त भएको छ ।

नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स उपहार प्राप्त भएको ईश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखा संयोजक सुगेन्द्र महतोले जानकारी दिए । भारतीय महावाणिज्य दूतावास वीरगन्ज पुगेर ईश्वरपुरका नगरप्रमुख मनोजकुमार आचार्यले उक्त एम्बुलेन्स ग्रहण गरेका छन् ।

देशका विभिन्न पालिकासँगै ईश्वरपुर नगरपालिकाले पनि एम्बुलेन्स प्राप्त गरेको हो । उक्त एम्बुुलेन्स नगर अस्पताल बयलवासमा राखेर त्यहीबाट संचालन गर्ने तयारी गरिएको छ ।

स्वास्थ्य शाखा संयोजक महतोले एम्बुलेन्समा नगर अस्पतालको नाम लेख्नेलगायत प्राविधिक काम पूरा गरेर भोली अस्पताललाई हस्तान्तरण गरिने बताए ।

ईश्वरपुर नगरपालिकाले भारतीय महावाणिज्य दुतावाससँग निकट सम्वन्ध रहेको प्रतिनिधि सभा सदस्य चन्दा चौधरीसँग एक थान एम्बुलेन्सका लागि समन्वय गरिदिन यसअघि नै माग राखेको थियो ।