logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रादेशिक अस्पताल मलंगवामा १३ जनाले गरे रक्तदान


  • उज्यालो अभियान

मलंगवा, ३१ जेठ – सर्लाही सदरमुकाम मलंगवामा आज १३ जनाले रक्तदान गरेका छन् ।

विश्व रक्तदान दिवसको अवसरमा प्रादेशिक अस्पताल मलंगवाले आयोजना गरेको कार्यक्रममा १३ जनाले रक्तदान गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जिवकुमार सिंहले जानकारी दिए । रक्तदान गर्ने अधिकांश स्वास्थ्यकर्मी र अगुवा व्यक्ति हुन् ।

सर्लाहीमा उत्तरी भेगमा रक्तदान कार्यक्रम राख्दा उल्लेख्य संख्याका व्यक्तिले रक्तदान गर्ने गरे पनि दक्षिणी भेगमा रक्तदान गर्ने मानिस निकै कम हुने गरेका छन् ।