logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मलंगवामा पहिलो स्वीमिङ पुल संचालन


  • उज्यालो अभियान

मलंगवा, ३० जेठ – सर्लाही सदरमुकाम मलंगवामा पहिलो पटक स्वीमिङ पुल संचालनमा ल्याइएको छ ।

मलंगवा नगरपालिका–८, मा रहेको कुसुम पार्टी प्यालेसमा सदरमुकाममै पहिलो स्वीमिङ पुल संचालन गरिएको हो । स्वीमिङ पुलको आज पूर्वमन्त्री नागेन्द्रकुमार रायले रिबन काटेर औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

लज, रेष्टुरेन्ट र पार्टी प्यालेससहित स्वीमिङ पुल समेत सञ्चालनमा ल्याएको कुसुम पार्टी प्यालेसका संचालक नागेन्द्रप्रसाद चौधरीले जानकारी दिए । व्यवसायी चौधरीका अनुसार स्वीमिङ पुलमा विद्यार्थीलाई आधा छुट र होटलमा कोठा बुकिङ गरेर बस्नेलाई निःशुल्क सेवा पाउने व्यवस्था मिलाइएको छ ।

चर्को गर्मीमा होटलमा सेवा लिन आउने सेवाग्राहीले स्वीमिङ पुलको समेत अत्यधिक माग गर्न थालेपछि यो समेत सुरु गरिएको संचालक चौधरीको भनाई छ ।

सर्लाहीमा यसअघि पूर्व पश्चिम राजमार्गको लालबन्दी र हरिवन नगरपालिकाभित्रका विभिन्न होटल तथा पार्टी प्यालेसमा स्वीमिङ पुल संचालन भएपनि दक्षिणी भेगस्थित सदरमुकाम मलंगवामा पहिलो पटक स्वीमिङ पुल संचालनमा ल्याइएको हो ।