कार्यक्रममा कुलमान घिसिङलाई अभिनन्दन् पत्र सहित सम्मान गरिदैं ।
हरिवन, २८ जेठ – नेपाल सरकारद्वारा बर्खास्तगीमा परेका नेपाल विद्युत प्राधिकरणका तत्कालिन् कार्यकारी निर्देशक कुलमान घिसिङलाई बुधबार सर्लाहीकाे हरिवनमा नागरिक अभिनन्दन गरिएको छ ।

कार्यकममा बाेल्दै कुलमान घिसिङ ।
सर्लाहीको हरिवनस्थित सरस्वती पार्टी प्यालेसमा अपरान्ह आयोजित कार्यक्रममा नागरिक समाज, अगुवा लगायतले घिसिङलाई नागरिक अभिनन्दनसहित सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै अभिनन्दित घिसिङले सरकारले कार्यसम्पादन मुल्यांकनमा १३ अंक दिएर बर्खास्त गरेपनि नेपाली जनताबाट अतुलनीय माया, प्रेम र स्नेह पाइरहेकाे भन्दै खुशी प्रकट गरे ।

आफु नेतृत्वमा आएपछि नेपाललाई लोडसेडिङ मुक्त र हरेक नागरिकको पहुँचमा बिजुली पुर्याउने काम गरेपनि सरकारबाट बर्खास्तीकाे पुरस्कार हात परेको भन्दै घिसिङले व्यंग्य गरे । ३० लाख नेपालीको पहुँचमा रहेको विद्युतलाई आफ्नाे नेतृत्वमा दुरदराजको गाउँसम्म विस्तार गरी ६२ लाख परिवारको पहुँचमा पुर्याएको घिसिङकाे दाबी थियाे । जसमध्ये २५ लाख नेपालीले विद्युतको न्युनतम महशुल मात्र तिर्ने ब्यवस्था मिलाएको उनको भनाई छ ।
उनले डेडिकेटेड लाइनमा सरकार ब्यापारीमुखी हुँदा यसको असर नागरिकले भोग्नुपर्ने बताए । मुलुकलाई लोडसेडिङमुक्त गराउँदै उज्यालो बनाउने अभियानका क्रममा डेडिकेटेड लाइनकाे सवालालाई लिएर सरकारमा ब्यापारीको आँखा देख्नथालेपछि आफु बर्खास्तीमा परेकाे उनकाे दाबी थियाे । आफ्नाे नेतृत्वमा न्पाल विद्युत प्राधिकरण इतिहाँसमै असाेचनीय नाफामा गएकाे घिसिङले दाबी गरे ।
घिसिङलाई स्थानीय अगुवा युवा समाज, कुशवाहा समाज लगायतले समेत सम्मान गरेका थिए । अभिन्न्दन् कार्यकममा सत्तागठबन्धन विपक्षी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेता कार्यकर्ताहरुकाे सकृयता देखिएपनि सत्ता पक्षीय नेकपा एमाले र नेपाली कांग्रेस सम्वद्ध कार्यकर्ता एवं शुभेच्छुक र बुद्धिजिविहरुकाे समेत उल्लेख्य उपस्थिती देखिन्थ्याे ।
नेकपा एकीकृत समाजवादी सर्लाहीका नेता समेत रहेका धन बहादुर मिक्चनकाे अध्यक्षता रहेकाे कार्यक्रममा अन्य विभिन्न राजनैतिक दलहरुमा आवद्ध नेता कार्यकर्ताहरुकाे समेत सकृय उपस्थिती रहेकाे थियाे ।
अभिनन्दन् कार्यक्रममा स्थानीय झाँकी, भेषभुषा, कला संस्कृती एवं खेल प्रदर्शनी समेत गरिएकाे थियाे ।