logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हजरियामा जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु, राजघाट बिजयी


  • उज्यालो अभियान

हजरिया, १६ जेठ – सर्लाहीको बरहथवा नगरपालिका २ हजरियामा हिजोबाट जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।

सेभेन स्टार्स यूथ क्लब हजरियाको आयोजनामा सुरु प्रतियोगिताको हिजो यादव थापा मगरको अध्यक्षता तथा समाजसेवी नवीन आचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । प्रतियोेगिता उद्घाटन समारोहमा बरहथवा नगरपालिकाका कानूनी सल्लाहकार महेश थापा, समाजसेवी नवीन थापा, तेजनारायण आले मगरलगायतको आतिथ्यता रहेको थियो ।

जेठ २३ गतेसम्म हजरिया खेल मैदानमा संचालन हुने प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले ५१ हजार र उपबिजेताले ३१ हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।

उद्घाटन खेलमा जन एकता क्लब हजरियालाई १ का विरुद्ध ४ गोल गर्दै नमस्ते युवा क्लब राजघाटले बिजयी सुरुवात गरेको छ ।