logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

डोम बस्तीका बालबालिकालाई अनेरास्ववियद्वारा शैक्षिक सामग्री प्रदान


  • उज्यालो अभियान

लालबन्दी, १६ जेठ – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले लालबन्दी ९ स्थित बस्तीपुरमा रहेको डोम बस्तीका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।

हिजो गणतन्त्र दिवसको अवसर पारेर अतिपिछडिएको डोम बस्तीका ५५ जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको अनेरास्ववियुको केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला इन्चार्ज कायरा पोखरेलले जानकारी दिईन् । पोखरेलकै प्रमुख आतिथ्यता, अनेरास्ववियु जनज्योति बहुमुखी क्याम्पस इकाइ कमिटीका अध्यक्ष सौगात कार्कीको अध्यक्षता र क्याम्पसको स्ववियु समितिका उपसभापति अर्सद मन्सुरको आतिथ्यतामा डोम समुदायका बालबालिकालाई सहयोग उपलब्ध गराइएको हो ।

बालबालिकालाई शैक्षिक सामग्री वितरणसहित दीप प्रज्वलन गरेर गणतन्त्र दिवस मनाइएको अनेरास्ववियु जनज्योति बहुमुखी क्याम्पस इकाइ कमिटी लालबन्दीले जनाएको छ ।