logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

ज्येष्ठ नागरिकलाई सम्मान, स्वास्थ्य शिविरबाट ३०० बढी लाभान्वित


  • उज्यालो अभियान

बयलवास, ०९ जेठ – सर्लाहीको ईश्वरपुर नगरपालिका ११ कर्मुहानमा आज ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

वडाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने १३३ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरी हर्लिक्स प्रदान गरिएको हो । सोही अवसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ३०० जना भन्दा बढी व्यक्ति लाभान्वित भएका ईश्वरपुर ११ का निलम्बित वडाध्यक्ष रामदुलार साहले जानकारी दिए ।

ज्येष्ठ नागरिकलाई नगरप्रमुख मनोजकुमार आचार्य, उपप्रमुख रन्जितादेवी चौधरीलगायत भएर सम्मान गरेका छन् ।