logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

गृह वडामा बक्सिङ खेलाडी राम सम्मानित


  • उज्यालो अभियान

लालबन्दी, ०२ जेठ – सर्लाहीको लालबन्दी नगरपालिका ७ निवासी बक्सिङ खेलाडी धर्मेन्द्र राम आज सम्मानित भएका छन् ।

भर्खरै भारतको केरालामा सम्पन्न अन्तराष्ट्रिय बक्सिङ च्याम्पियनशीपमा रामले गोल्ड मेडल प्राप्त गरेका थिए । रामलाई आज लालबन्दी ७ नं. वडा कार्यालयले सम्मान गरेको हो ।

बक्सिङ खेलमार्फत लालबन्दीलाई चिनाउन सफल रामलाई नगद १६ हजार रुपैयाँ र सम्मान–पत्रसहित सम्मान गरिएको वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले जानकारी दिए । वडाध्यक्षसहित अन्य जनप्रतिनिधि र कर्मचारी भएर बक्सिङ खेलाडी रामलाई सम्मान गरेका हुन् ।

सम्मान–पत्रमा आगामी दिनमा समेत रामले उच्च मनोबलका साथ खेलकुदका माध्यमबाट लालबन्दीको नाम परिचित गराउने विश्वास व्यक्त गरिएको छ ।