logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

वाइसियल सर्लाहीको अध्यक्षमा श्रेष्ठ, युवासंघका पदाधिकारी र सदस्यको शपथ


  • उज्यालो अभियान

हरिवन, ०१ जेठ – नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग नेपाल (वाइसियल) सर्लाहीको अध्यक्षमा घमराज श्रेष्ठ (राजकुमार) चयन भएका छन् ।

बागमतीमा हिजो सम्पन्न तेस्रो जिल्ला सम्मेलनले श्रेष्ठ अध्यक्ष रहने गरी वाइसियलको ६५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मतरुपमा गठन गरेको हो । समितिमा हेमराज पौडेल, डम्बर लामा र नितेशकुमार यादव उपाध्यक्ष, राजकुमार बोहोरा (भोजराज) सचिव, उमेश साह (फकिरा) र निरन्जन राय सह–सचिव, सीता चौधरी कोषाध्यक्षसहित अन्य सदस्य रहेका छन् ।

वाइसियल सर्लाहीका अध्यक्ष नरेज ग्रांजा मगरको अध्यक्षता तथा पार्टीका जिल्ला इन्चार्ज अच्यूतम काफ्लेको प्रमुख आतिथ्यतामा बागमती नगरपालिका कार्यालयको सभा हलमा वाइसियल सर्लाहीको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको हो ।

यसैबिच, हिजो हरिवनमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सर्लाहीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको पदस्थापन, प्रमाण–पत्र वितरण र शपथ समारोह सम्पन्न भएको छ ।

पार्टीका जिल्ला इन्चार्ज हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा हरिवन नगरपालिका वडा नं. ११ को सभा हलमा कार्यक्रम सम्पन्न भएको हो ।

केही समयअघि सम्पन्न जिल्ला अधिवेशनबाट किरण थिङको नेतृत्वमा राष्ट्रिय युवा संघ सर्लाहीको नयाँ नेतृत्व चयन भएको थियो ।