लालबन्दी, २२ बैशाख – नेकपा माओवादी केन्द्र निकट मगर राष्ट्रिय मुक्ती मोर्चाको दोस्रो मधेश प्रदेश सम्मेलन आज सर्लाहीको लालबन्दीमा सम्पन्न भएको छ ।
लालबन्दी नगरपालिका ५ मेजरगन्जमा सम्पन्न सम्मेलनले धनुुषाका गंगा बलम्पाकी मगर अध्यक्ष रहने गरी ३५ सदस्यीय मगर राष्ट्रिय मुक्ती मोर्चा गठन गरेको माओवादी लालबन्दीका इन्चार्ज लेखराम जर्गा मगर (अर्जुन) ले जानकारी दिए । समितिको उपाध्यक्षमा प्रकाश जर्गा मगर, दुुर्गा आले मगर र लिला राना मगर, सचिवमा दिलबहादुर किङरिङ मगर, सह–सचिवमा दिलबहादुर आले मगर, कोषाध्यक्षमा सुमित्रा लुंगेली मगरलगायत अन्य सदस्य रहेका छन् ।
मगर राष्ट्रिय मुक्ती मोर्चा मधेशका इन्चार्ज यमबहादुर खपाङ्गी मगरको अध्यक्षता तथा माओवादी केन्द्र मधेश प्रदेशका इन्चार्ज मातृका प्रसाद यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।