logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

एमाले ईश्वरपुरको नेतृत्व चयन गर्न मतदान हुने


  • उज्यालो अभियान

बयलवास, २० बैशाख – नेकपा एमाले ईश्वरपुर नगर कमिटीको नेतृत्व चयन गर्न मतदान हुने भएको छ ।

आज बयलवासस्थित उद्योग वाणिज्य संघको सभा हलमा उद्घाटन भएको दोस्रो नगर अधिवेशनमा नयाँ नेतृत्वका लागि सहमतीको प्रयास असफल भएपछि अब भोली मतदान हुने भएको हो । ईश्वरपुर एमालेको नेतृत्वका लागि अहिलेका अध्यक्ष मिनप्रसाद गौतम र ध्वजमान मोक्तान प्रमुख दावेदार देखिएका छन् ।

नयाँ नेतृत्व चयनका लागि मतदान हुँदा १५ वटा वडाबाट छानिएर आएका ३२१ जना प्रतिनिधिले मतदान गर्न पाउने छन् । एमाले सर्लाहीको पालिका अधिवेशन अन्तर्गत अहिलेसम्म लालबन्दीबाहेक अन्यत्र अन्तिमसम्म प्रयास गरी सहमतीमै नेतृत्व चयन गरिएको छ ।

इश्वरपुरमा भने चुनाव हुने पक्कापक्की जस्तै रहेको नेताहरुले बताएका छन् । बन्द सत्र सुरु हुनुुअघि दोस्रो नगर अधिवेशनको उद्घाटन पार्टीकी केन्द्रीय सदस्य रन्जना सरकारले गरेकी हुन् ।