logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

आयोजकले जित्यो भलिबलको उपाधि


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

हजरिया, ११ बैशाख – सर्लाहीको बरहथवा नगरपालिका–२, हजरियामा आयोजित प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक त्रिवेणी युवा क्लबले हात पारेको छ ।

धनुषा भलिबल सङ्घलाई ३–१ को सेटमा पराजित गर्दै आयोजक हजरिया च्याम्पियन बनेको हो । हजरियाले ५१ हजार रुपियाँ नगदसहित प्रतियोगितको ट्रफी उचालेको छ ।

यस्तै उपबिजेता धनुुषा जिल्ला भलिबल सङ्घले ३१ हजार रुपियाँमा चित्त बुुझाएको छ । नव वर्ष २०८२ को अवसरमा बैशाख ७ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ वटा टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको बिजेता तथा उपबिजेतालाई निवर्तमान रक्षामन्त्री एवं सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण गरिएको आयोजक त्रिवेणी युवा क्लब हजरियाले जनाएको छ ।