logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बिजेता विद्यार्थी खेलाडीलाई खेलकुद छात्रवृत्ति दिन माग


  • उज्यालो अभियान

लालबन्दी, १० बैशाख – लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले क्याम्पसमा आयोजित अतिरिक्त क्रियाकलापमा बिजेता विद्यार्थी खेलाडीलाई खेलकुद छात्रवृत्ति प्रदान गर्न माग गरेको छ ।

आज स्ववियु सभापति समिर सिंहको नेतृत्वमा क्याम्पस प्रमुख वीरेन्द्र चौधरीलाई ज्ञापन पत्र बुझाउँदै चैत २६ गतेबाट क्याम्पसमा आयोजित अतिरिक्त क्रियाकलापमा सहभागी बिजेता विद्यार्थी खेलाडीलाई छात्रवृत्ति दिन माग गरिएको हो ।

यसअघि नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पनि यही माग राखेर क्याम्पसमा ज्ञापन पत्र बुुझाएको थियो ।