logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सर्लाहीमा पनि मनाइयो नेकपाको ७७ औँ स्थापना दिवस


  • उज्यालो अभियान

बयलवास, ०९ बैशाख – नेकपा माओवादी केन्द्र सर्लाहीले आज सदरमुकाम मलंगवामा नेकपाको ७७ औँ स्थापना दिवस एवं लेनिनको सतवार्षिकी मनाएको छ ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको आयोजनामा सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समितिको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो । जिल्ला इन्चार्ज अच्युतम काफ्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा नेताहरु रामेश्वर राय यादव, प्रमोद साह, लुमडीप्रसाद धिमाल, बिनिता दाहाललगायतको आतिथ्यता रहेको थियो ।

यस्तै नेकपा एमाले ईश्वरपुर नगर कमिटीले आज वडा नं. ६ बयलवासमा रहेको मनमोहन सामुदायिक भवनमा दीप प्रज्वलनसहित नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवस मनाएको नगर कमिटी अध्यक्ष मेनकुमार गौतमले बताएका छन् ।

बागमतीमा एमालेका जिल्ला तहका नेताले दोस्रो नगर अधिवेशन समारोहमै नेकपाको स्थापना दिवस पनि मनाएका छन् ।