बागमती, ०९ बैशाख – सर्लाहीको बागमतीमा नेकपा एमालेको दोस्रो नगर अधिवेशन आजबाट सुरु भएको छ ।
बागमती १ स्थित सीता प्यालेसमा सुरु भएको नगर अधिवेशनको पार्टीका जिल्ला इन्चार्ज हरिप्रसाद उप्रेतीले उद्घाटन गरेका हुन् । उद्घाटन सत्र सकिएर साँझबाट बन्द सत्र सुरु भइसकेको छ ।
बन्दसत्रमा निर्वाचनको प्रक्रिया सुरु गरेर नयाँ नेतृत्वका लागि सहमतीको प्रयास भइरहेको एक नेताले उज्यालो अभियानलाई जानकारी दिए । जुनजुन पदमा सहमती हुन्छ, सो पदमा सर्वसम्मत गर्ने र यदि कुनै पदमा सहमती नभए मतदानबाट टुंगो लगाइने ती नेताले बताए ।
धमाधम नगर तथा वडा अधिवेशन गरिरहेको एमाले सर्लाहीमा अहिलेसम्म लालबन्दीमा बाहेक अन्य पालिकामा सहमतीमै नेतृत्व चयन भइरहेको छ ।