लालबन्दी, ०६ बैशाख – नेपाल विद्यार्थी संघको ५६ औँ स्थापना दिवसको अवसरमा आज बिहान लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पस परिसरमा वृक्षरोपण गरिएको छ ।
नेविसंघ क्याम्पस इकाइ समितिको आयोजनामा वृक्षरोपण गरिएको इकाइ सभापति निर्मल अधिकारी (सफल) ले जानकारी दिए । नेविसंघले क्याम्पस परिसरमा विभिन्न फूल, औषधिजन्य र अन्य प्रजातिका बिरुवा रोपेको हो ।
वृक्षरोपणमा नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, कांग्रेस क्षेत्र नं. १ (ख) का सभापति सीताराम दाहाल, लालबन्दी ७ का पूर्व वडाध्यक्ष सुरेन्द्रकुमार न्यौपाने, क्याम्पसको पूर्व स्ववियु सचिव नारायण गुर्मछान, कांग्रेस नेतृ पम्फा लामा श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।