logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

जसपा अध्यक्ष राईद्वारा मोक्तानप्रति श्रद्धान्जली व्यक्त


  • उज्यालो अभियान

सासापुर, ०६ बैशाख – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राईलगायतका नेताले पार्टीका दिवंगत केन्द्रीय सदस्य बमबहादुर मोक्तानप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

हिजो हरिवन ३ डाबरीस्थित स्वर्गिय मोक्तानको घरमा आएर केन्द्रीय अध्यक्ष राई, केन्द्रीय उपाध्यक्ष सुशीला श्रेष्ठ, मधेश प्रदेश समितिका अध्यक्ष अशोकुमार यादव, सर्लाही जिल्ला अध्यक्ष शम्भुुप्रसाद यादवलगायतले श्रद्धान्जली व्यक्त गरेका हुन् ।

सासापुर गाविसको दुुई पटक गाविस अध्यक्ष भएका मोक्तानको चैत १८ गते उपचारकाक्रममा वीरगन्जमा निधन भएको थियो ।