logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

खेलकुद छात्रवृत्ति प्रदान गर्न नेविसंघको माग


  • उज्यालो अभियान

लालबन्दी, ०५ बैशाख – नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ जनज्योति बहुमुखी क्याम्पस इकाई समिति लालबन्दीले खेलकुद छात्रवृत्ति प्रदान गर्न माग गरेको छ ।

नेविसंघले आज क्याम्पस प्रमुख वीरेन्द्र चौधरीलाई ज्ञापनपत्र बुुझाउँदै क्याम्पसमा अध्ययनरत् विद्यार्थीलाई बजेटको व्यवस्थापन गरी खेलकुद छात्रवृत्ति प्रदान गर्न माग गरेको हो । नेविसंघ क्याम्पस इकाइ समितिका सभापति निर्मल अधिकारी (सफल) को नेतृत्वमा क्याम्पस प्रमुख चौधरीलाई ज्ञापनपत्र बुुझाउँदै नेविसंघका नेताहरुले विद्यार्थीमा खेलकुदको विकास र प्रोत्साहनका लागि खेलकुद छात्रवृत्ति प्रदान गर्न माग गरेका हुन् ।

नेविसंघले केही दिनअघि सुरु भएर रोकिएको खेलकुद सप्ताह पुनः सूचारु गर्न र प्रतियोगिताका बिजेता विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन माग गरेको छ । यस्तै क्याम्पसमा अध्ययनरत् आर्थिक रुपले विपन्न तथा प्रतिभाशाली खेलाडी विद्यार्थीलाई खेलकुद छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाउन, खेलकुद छात्रावृत्तिको मापदण्ड र छनौट प्रक्रिया स्पष्ट तथा पारदर्शी बनाउन, प्रत्येक वर्ष निश्चित संख्यामा विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्ने व्यवस्था मिलाउन र क्याम्पसमा खेलकुदको विकास र प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार तथा प्रशिक्षणको व्यवस्था गर्न नेविसंघले माग गरेको छ ।

यि माग सम्वोधन गर्न बेवास्ता गरिए कडा कदम चाल्ने नेविसंघले ज्ञापनपत्र मार्फत चेतावनी समेत दिएको छ ।