logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

नगर अस्पतालमा एकैदिन लिए ३०७ बिरामीले सेवा


  • उज्यालो अभियान

लालबन्दी, ०३ बैशाख – लगातारको बिदापछि आजदेखि खुलेको नगर अस्पताल लालबन्दीमा एकैदिन ३०७ जना बिरामीले सेवा लिएका छन् ।

अस्पतालका सूचना अधिकारी हिमान्सु कर्णले २ दिन लगातार बिदापछि अस्पताल खुल्दा एकै दिन यतिधेरै बिरामी औषधि उपचारका लागि आएका बताए । अस्पतालमा बिहान ८ बजेपछि ओपिडी खुल्दादेखि दिउँसो अबेरसम्म नै बिरामीको चाप देखियो ।

अस्पतालका प्रमुख डा. चन्दन चौधरीले दिनहुँ अस्पताल खुल्दा पनि १५० देखि २०० जना बिरामी आउने गरेकोमा आज बिदापछि खुलेकाले पनि ३०० भन्दा बढी बिरामी भएका उज्यालो अभियानसँग बताए । स्वास्थ्य बीमा कार्यक्रम समेत संचालन रहेको एक अस्पतालमा अहिले विशेषज्ञ चिकित्सकसहित पर्याप्त एमबिबिएस डा. बसेर सेवा दिन थालेपछि बिरामीको चाप र विश्वास बढ्दो देखिन्छ ।