logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

जनमतको आज आमसभा, सिके राउत र मुख्यमन्त्री सिंह आउँदै


  • उज्यालो अभियान

चन्द्रनगर, ०३ चैत – मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले आज सर्लाहीको चन्द्रनगरस्थित नाढीमन ताल परिसरमा पार्टी प्रवेश तथा आमसभा कार्यक्रम गर्दै छ ।

पार्टीका जिल्ला इन्चार्ज श्रीचन यादव (सुजन) ले आज दिउँसो आमसभा आयोजना गरिएको जानकारी दिए । पार्टीको चन्द्रनगर गाउँपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा अन्य पार्टीका नेता कार्यकर्तालाई जनमतमा प्रवेश गराउने तयारी रहेको जनमत पार्टीका नेताले बताएका छन् ।

आमसभालाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, पार्टीका नेता एवं मधेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहलगायतले सम्वोधन गर्ने गरी तयारी भइरहेको जिल्ला इन्चार्ज यादवले उज्यालो अभियानसँग बताए ।