हरिवन, ३० चैत – सत्तारुढ नेकपा एमाले हरिवनको अध्यक्षका लागि ७ जनाले उम्मेदवारी दिएका छन् ।
एमाले हरिवनको भावी नेतृत्वका लागि सीताराम पोखरेल, राम प्रसाद घिमिरे, यज्ञविनोद ढुंगेल, बेदराज चौलागाई, सुरेश भट्राई, रामपुकार महतो र नवीनकुमार शर्माको उम्मेदवारी परेको हो । यसैगरी उपाध्यक्षमा ५ जना, सचिवमा ३ जना, सहसचिवमा ४ जना र महिला सहसचिवमा २ जनाको उम्मेदवारी परेको छ ।
नेताहरुले सहमतीमै नेतृत्व चयन गर्ने प्रयास गरेपनि असफल भइरहेको छ । अब पदाधिकारी चयन गर्न भोली मतदान हुने सम्भावना प्रवल देखिन्छ ।
एमाले हरिवन नगर कमिटीको तेस्रो नगर अधिवेशनको हरिवन ११ बासाटोलमा रहेको सरस्वती पार्टी प्यालेसमा पार्टीका जिल्ला इन्चार्ज एवं सर्लाही क्षेत्र नं. ३ का संघीय सांसद हरिप्रसाद उप्रेतीले आज दिउँसो उद्घाटन गरेका थिए ।
नगर अधिवेशनका लागि हरिवनको ११ वटा वडाबाट २६८ जना प्रतिनिधि छानिएका छन् ।