logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बरहथवामा नेपाल कथबनिया समाजको राष्ट्रिय महाधिवेशन सुरु


  • उज्यालो अभियान

बरहथवा, २९ चैत – सर्लाहीको बरहथवामा नेपाल कथबनिया समाजको तेस्रो राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ ।

महाधिवेशनको मधेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादव, पूर्व रक्षामन्त्री हरिप्रसाद उप्रेती, मधेश प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंह, बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमारी कटुवाललगायतले उद्घाटन गरेका छन् । महाधिवेशन भोलीसम्म चल्ने छ ।

नेतृत्व चयन गर्न आयोजित कथबनिया समाजको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन देशैभरबाट प्रतिनिधि बरहथवा आइपुगेका छन् ।