लालबन्दी, २९ चैत – सर्लाहीको लालबन्दीका एक व्यवसायीले प्रेमज्योति आधारभूत विद्यालयलाई वाटर डिस्पेन्सर र साउण्ड बक्स सहयोग गरेका छन् ।
लालबन्दी बजारमा रहेको माँ सरस्वती पुस्तक पसलका संचालक गजेन्द्र साहले आज लालबन्दी ६ मा रहेको उक्त विद्यालयलाई ३५ हजार रुपियाँ बराबरको वाटर डिस्पेन्सर र साउण्ड बक्स उपलब्ध गराएका हुन् । विद्यालयको आग्रह अनुसार पुस्तक पसल व्यवसायी साहले प्रदान गरेको सहयोगले नयाँ शैक्षिक सत्रमा शैक्षिक वातावरणलाई अझ समृद्ध बनाउन टेवा पुग्ने विद्यालयकी प्रधानाध्यापक तुलसाकुमारी गौतमले जानकारी दिए ।
उनका अनुसार व्यवसायी साहले प्रदान गरेको वाटर डिस्पेन्सर विद्यार्थी तथा शिक्षकका लागि पानी शुद्धीकरण गरेर पिउन तथा साउण्ड बक्स विद्यालयमा आयोजित विविध कार्यक्रम र गतिविधिमा प्रयोग गरिने छ ।