logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

पूर्व सांसद साह माओवादीको केन्द्रीय सदस्यमा मनोनित


  • उज्यालो अभियान

संघीय सांसद् प्रमोद साह ।

मलंगवा, २५ चैत – सर्लाही क्षेत्र नं. १ का पूर्व सांसद प्रमोद साह नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

साह जसपा नेपाल छाडेर एक महिनाअघि गत फागुन २३ गते नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

माओवादीका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले आज हस्ताक्षर गरेर पूर्व सांसद साहलाई पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी दिएको उल्लेख गरेका छन् ।