गौरीशंकर, २२ चैत – सर्लाहीको ईश्वरपुर नगरपालिका १५ सोकनाहस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई जग्गा प्रदान गर्ने जग्गादाता रामलखन चौधरीलाई आज सम्मान गरिएको छ ।
चौधरीले आधारभूत स्वास्थ्य सेवा केन्द्रका लागि ३ कठ्ठा जग्गा प्रदान गरेका हुन् ।
उनलाई आज स्वास्थ्य केन्द्रमै बोलाएर वडाध्यक्ष उमेशकुमार चौधरी र केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले सम्मान गरेका हुन् ।