logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

७४ जनाको आँखामा देखिएको मोतिया बिन्दुको निःशुल्क शल्यक्रिया


  • उज्यालो अभियान

लालबन्दी, १७ चैत – सर्लाहीको लालबन्दीमा मोतिया बिन्दुको समस्या भएका ७४ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीद्वारा लालबन्दी नगरपालिका–५, जरुवापानीमा सञ्चालित सामुदायिक परोपकार आँखा उपचार केन्द्रमा ७४ जनाको आँखामा सङ्क्रमण देखिएको मोतिया विन्दुको निःशुल्क अप्रेसन गरिएको हो । जानकी आँखा अस्पताल जनकपुरसँग समन्वय गरी लालबन्दी र आसपासबाट मोतिया विन्दुको समस्या भएर आएका बिरामीको शल्यक्रिया गरिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीका सचिव भरत गौतमले जानकारी दिए ।

प्रदेश राजधानी जनकपुरस्थित जानकी आँखा अस्पतालका निर्देशक एवं सर्जन डा. आशिष बोहोरा नेतृत्वको टोलीले मोतिया विन्दुको अप्रेसन क्याम्प सम्पन्न गरेको हो । मोतिया विन्दुका बिरामीलाई आफ्नै ठाउँमा विशेषज्ञ चिकित्सकबाट निःशुल्क शल्यक्रिया गराउन पाउँदा सहज भएको रेडक्रस लालबन्दीका सभापति ध्रुवप्रसाद घिमिरले बताए ।

घिमिरेका अनुसार विभिन्न शिविर तथा आँखा उपचार केन्द्रहरुमा आँखा परीक्षण गराउँदा मोतिया बिन्दुको समस्या देखिएका बिरामीलाई जम्मा पारेर शल्यक्रिया गरिएको हो ।