logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

शान्तिपूर्ण आन्दोलन हुन सकेन


  • उज्यालो अभियान

लेखक प्रकाश थापा ।

लेखक : प्रकाश थापा

१९८९ मा हजारौं विद्यार्थीहरूले चीनमा राजनीतिक सुधार, प्रेस स्वतन्त्रता र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरे।

चिनियाँ सरकारका लागि यो आन्दोलन फलामको च्युरा साबित भयो। जुन महिनाको ३ र ४ तारिखमा सरकारले ट्याङ्क र सैनिक परिचालन गरी निर्मम ढङ्गले प्रदर्शनलाइ दबायो। हजारौंको मृत्यु भयो, हजारौं पक्राउ परे। आज सम्म पनि चीन सरकारले यो घटनालाई गुप्त राखेकै छ ।

त्यहाँ यसबारे खुलेर चर्चा गर्न पाइँदैन। किनकी जनताको लागि आबश्यक गाँस, बास, कपास, शिक्षा ,स्वास्थ्य ,शुरक्षाको ब्यबस्था राज्यलेनै जिम्मा लिएको छ । नकि जनताको असन्तोष उत्पन हुनै पाँउदैन । सबै राज्यले पूर्ण गरिदिएको छ ।

तियानमेन घटनापछिका दशकहरूमा चीनले आर्थिक, प्रविधि र सैन्य शक्तिका हिसाबले आफूलाई विश्वकै प्रभावशाली राष्ट्रका रूपमा स्थापित गरिसकेको छ। ccp ले कुनैपनी योजना बनाउदा सो घट्नाको स्मरण गर्दछ । मतलब चिनियाँ नागरिक कसैलेपनी आन्दोलन गर्नुपर्नी स्थिती नआओस । तर, सोही दशकदेखि चीनले आफ्नो ध्यान आर्थिक सुधार र अन्तर्राष्ट्रिय सम्बन्ध सुधारतर्फ केन्द्रित गर्यो ।

चीन तियानमेन घट्ना पछि संसारभर प्रभावशाली राष्ट्रको रुपमा स्थापित हुँदै आयो । तियानमेन घटनाले चीनको छवि त बिगार्यो, तर त्यसपछि चीनले अभूतपूर्व आर्थिक उन्नति गर्र्यो ।

१९९० पछि चीनले खुला बजार नीति लिँदै लगानी भित्र्यायो। आज चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको छ। उसको उत्पादन शक्ति, व्यापार, र प्रविधिमा अगाडि बढ्ने क्षमता संसारका लागि महत्वपूर्ण बनेको छ।

चीनले प्रविधिमा ठूला फड्को मार्दै विश्वका ठूला प्रविधि कम्पनीहरू (जस्तै: Huawei, Alibaba, TikTok) स्थापना गर्र्यो । पश्चिमी राष्ट्रहरू उसलाई प्रविधि प्रतिस्पर्धामा खतरा मान्न थाले ।

चीनले आफ्नो सेना आधुनिक बनाउँदै दक्षिण चीन सागर, ताइवान, र अन्य क्षेत्रहरूमा आफ्नो प्रभुत्व देखाइरहेको छ। उसले ‘Belt and Road Initiative (BRI)’ जस्ता परियोजनाबाट विश्वभर आफ्नो प्रभाव फैलाइरहेको छ।

नेपाल भने हाल राजनीतिक अस्थिरता, आर्थिक संकट, र सुशासनको अभावले ग्रस्त छ। २०६२/६३ को जनआन्दोलनपछि लोकतान्त्रिक व्यवस्था स्थापना भए तापनि मुलुकले अझै स्थायित्व पाउन सकेको छैन।

नेपालले २०६२र६३ को आन्दोलनपछि गणतन्त्र ल्यायो। तर, चीनले जस्तो आर्थिक विकासको यात्रा तय गर्न सकेन।
नेपाल लोकतान्त्रिक प्रणालीमा प्रवेश गरेपछि पनि अस्थिर राजनीतिक वातावरण, आर्थिक चुनौती, र सुशासनको अभावमा संघर्षरत छ ।

नेपालमा बारम्बार सरकार परिवर्तन भइरहँदा स्थायित्व कायम हुन सकेको छैन। प्रतिपक्षी दलहरुका कारण नीति बनाउने, कार्यान्वयन गर्ने, र सुधार गर्ने नेतृत्वको स्पष्टता जनताले देख्न,भोग्न, पाएनन । हरेक पटक सरकार परिवर्तन , सरकार परिवर्तन संगै जन आक्रोश बड्दैजाने ।

नेपालमा रोजगारी सिर्जना हुन सकेको छैन। बैदेसिक लगानिलाइ प्रोत्साहन गर्दै विभिन्न उद्योगहरु सन्चालन गर्ने र आधुनिक कृषि प्रंणाली को ब्यबस्था हुन सकेको छैन् । जस अनुरुप युवा जनशक्ति वैदेशिक रोजगारीमा निर्भर छ।

के नेपालमा प्रेस स्वतन्त्रता र अभिव्यत्तिको अधिकारलार्इ संकुचित गर्न खोजिएको छ । सचनाको हकलाइ राज्यको चौथो अँगको रुपमा संबिधानमा उल्लेख गरिएको छ । ू

के बोल्न र लेख्न पाएनन नेपालिले । संबिधानमा त समाजमा उच्छृङ्खलता र मिलेर बसेको समाज भड्काउन भने पाइन्न । नेपालका बहुमत जनसंख्या कम्युनिस्ट पार्टी प्रती प्रशिक्षित छन् ।

जसका कारण चीनले नेपाललाइ छिमेकीको हैसियतले सामान्य बामपन्थिको नजर लाउँछ नै । तर ब्यबहारमा कम्युनिष्ट शब्द मिल्छ तर शासकिय स्वरुप र दार्सनिक मोडल हेर्दा नेपाल र चिनको बिचमा अपोजिट हिन्दु र मुस्लिमको जस्तो व्यवहार छ ।

नेपालमा लोकतन्त्र स्थापित भएपनि त्यसलाई स्थायित्व दिन नसक्दा आर्थिक समृद्धि सम्भव भएको छैन। यदि नेपालले नीति सुधार, सुशासन, र विकासको स्पष्ट दिशा लिन सकेन भने, चीनजस्तो शक्तिशाली बन्न त परै जाओस्, दक्षिण एशियामा पनि प्रतिस्पर्धा गर्न कठिन हुनसक्छ।

अराजक र हिंसात्मक प्रकृतीको आन्दोलनको अगुवाई गर्दै कथित राजाबादीहरु आज यो मुलुकमा प्रेतात्मांको रुपमा समेत ब्युतन नसक्ने राजतन्त्र पुनर्स्थापना गर्ने भनी जुन आन्दोलन भैरहेको छ यो आन्दोलन किमार्थ सफलता तर्फ उन्मुख देखिन्न ।

आन्दोलनको नाममा ब्यक्तिगत या नागरिकको सम्पती लुटपाट हुनु भनेको आन्दोलनको शृङ्गार पखालिनु हो । यस्ता खाले आन्दोलनको बिरुद्ध प्रतिकात्मक आन्दोलन नहोला भन्न सकिन्न । नेपालमा लोकतान्त्रिक गंणतन्त्रामक ब्यबस्था सयौं बर्ष लडेर, लाखौं लिटर रगत बगाएर आएको ब्यबस्था हो ।

सरकार बिरोधी आन्दोलनमा राज्यको सम्पतिमाथी सामान्य क्षती पुग्नेगरी प्रदर्सनहरु हुन्छन । त्यो पनि सरकारले दमनको नीति लियो भने मात्र हो । नत्रभने नितान्त सरकार बिरोधी नारा जुलुस गर्दै कोंणसभा आमसभाहरु हुने हुन ।

तर आजकल विश्वमा सरकार बिरोधी आन्दोलनको स्वरुप फेरिएको देखिन्छ । बिकसित मुलुकहरुमा महिलाहरुद्वारा नग्न प्रदर्सन गरि सरकारमाथि आफ्नो मागको दवाब बढाउने आन्दोलनहरु भएको देखिन्छ । सरकार उनिहरुको मागको सम्बोधन गर्न तत्कालै प्रयासरत हुन्छन । तर आन्दोलनकारीहरुले आफ्नो मुलुकको कुनै पनि संरचना छुंदैनन नकि ब्यक्तिको सम्पतीनै हानिनोक्सानी गर्दछन ।

आन्दोलनको नाममा ब्यक्तिको सम्पतिमाथि लुटपाट गर्नु ब्यबसायिक भवनहरुमा आगजनी गर्नु पत्रकारहरुको जिबनको सुरक्षा नहुनुले यस्लाइ शान्तीपुर्ण आन्दोलनको उपमा दिन सकिन्न । राज्यले यस्ता अशिष्ट प्रदर्सन हरुमा निर्मम पनि बन्न सक्नु पर्छ । तर यो लोकतान्त्रिक सरकारले दमनको निती लिन सक्दैन ।

लोकतन्त्रमा आमनागरिकको जनधनको सुरक्षा गर्न सक्नु नै यो सरकारको प्रमुख काम र लोकतन्त्रको सुन्दर पक्ष हो । जस अनुरुप कर्फ्यु आदेस मात्र लागुहुन सक्छ । गोलि चलाएर नागरिकको ज्यान लिन पाइन्न ।

नेपालमा हाल भैरहेको आन्दोलन प्रेस स्वतन्त्राको लागि होइन । तर भ्रष्टाचार त व्यापक र खुल्लम खुल्ला छनी । पालिकाको वडा गाँऊटोल देखि सिंहदरबार सम्म ब्यथितीहरु ब्याप्त छन । यसैका बाबजुद सर्बसाधारण हरुमा असन्तोष फैलिंदै गैरहेको छ । फलस्वरुप प्रेत भैसकेका आत्मा हरुले सल्बलाउने ठाउँ पाए ।

यदि खरानी भैसकेको राजतन्त्रबादीहरुले देश बिग्रीयो अब जनताले हामिलाई साथ दिनुस भन्छन भने , गणतन्त्र बादिहरु पनि सुध्रीएर एक ठाँऊ हुन ढिला गर्नु भएन । सबैले आआफ्नो बिधान समेत संशोधन गरि नया रंणनिती सहित जनता सामु आउनु परो । नत्र भने बेला भैसकेको छ सम्पुर्ण बाम सक्तिहरु एक्जुट हौं ।

स्टालिन सैलिबाट अगि बढौं । नेपाली जनताले रोजेको र खोजेको ब्यबस्था एकदलियनै हो । युगअनुसार को समाजबाद लागुगर्दै बिस्वसामु गौतम बुद्ध र सगरमाथाको देश नेपालमा लालझण्डा फहराऔं ।

थापा नेकपा एमालेका नेता हुन् ।