बयलवास, १३ चैत – नेपाल नेत्रज्योति संघको ४७ औँ स्थापना दिवसका अवसरमा सर्लाहीको ईश्वरपुर नगरपालिका–९, स्थित आँखा उपचार केन्द्रमा निःशुल्क आँखा परीक्षण तथा चस्मा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयका शिक्षक र संचारकर्मीलाई आँखा परीक्षण गरी आवश्यकता अनुसार चश्मा उपलब्ध गराइएको हो । शिविरमा शिक्षक र संचारकर्मी गरी करिव २५० जनाले सेवा लिएका आयोजक आँखा उपचार केन्द्र ईश्वरपुरले जनाएको छ ।
संस्थाका उपाध्यक्ष प्रकाश मैनालीको अध्यक्षता तथा ईश्वरपुर नगरपालिकाकी उपप्रमुख रन्जितादेवी चौधरीको प्रमुख आतिथ्यतामा आँखा शिविर सम्पन्न गरिएको आँखा उपचार केन्द्रका प्रमुख चन्दनमणि रामले जानकारी दिए ।