logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रावि मोहनपुरमा दलित छात्रावृत्ति वितरण


  • उज्यालो अभियान

घनश्याम बलम्पाकी/उज्यालो अभियान

हरिवन, २८ फागुन – हरिवन, २८ फागुन – सर्लाहीको हरिवन नगरपालिका–३, मोहनपुुरमा रहेको प्राथमिक विद्यालयले छात्रवृति बितरण गरेको छ ।

आर्थिक बर्ष २०८१/०८२ को दलित छात्रवृत्ति कार्यक्रम अन्तर्गत विद्यालयलाई प्राप्त रकम आज दलित विद्यार्थीलाई वितरण गरिएको हो । हरिवन नगरपालिका ३ का निमित्त वडाध्यक्ष होमबहादुर भुजेल, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मानबहादुर घिसिङ र वडा नम्बर ३ का वडा सचिव चुडाबहादुर लुइटेलको उपस्थितिमा छात्रवृति बितरण गरिएको प्रधानाध्यापक हेमबहादुर बोम्जनले जानकारी दिए ।

नगरपालिका मार्फत विद्यालयमा अध्ययनरत ३८ जना छात्रछात्रालाई छात्रवृत्ति रकम प्रदान गरिएको हो । प्रधानाध्यापक बोम्जनका अनुसार २६ जना छात्रा र १२ जना दलित छात्रलाई छात्रवृति वितरण गरिएको छ ।

विद्यालयमा अध्ययनरत ६८ जना बिधार्थी मध्ये ३८ जना दलित छात्रछात्रालाई उक्त छात्रवृत्ति रकम प्रदान गरिएको विधालय ब्यवस्थापन समितीका अध्यक्ष मानबहादुर घिसिङले बताए । प्रत्येक वर्ष वितरण गर्दै आएको दलित छात्रवृत्ति कार्यक्रम अन्तर्गत जनही ४०० को दरले रकम प्रदान गर्दै आइरहेको अध्यक्ष घिसिङले बताएका छन् ।