logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्वसम्मत चुनियो व्यवस्थापन समिति


  • उज्यालो अभियान

बसबरिया, २५ फागुन – सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरमा रहेको जनता माध्यमिक विद्यालयमा आज सर्वसम्मत रुपमा व्यवस्थापन समिति चयन गरिएको छ ।

अभिभावक भेलाबाट चनु राय, राजकुमार महतो, मनोज राय, नागेन्द्र राय, रामदुलारी मुखिया र रीना कुमारीलाई सर्वसम्मत रुपमा व्यवस्थापन समितिको सदस्यमा चुनेको हो । अब शिक्षाप्रेमी, जग्गादातालगायत छनौट गरेर त्यसैमध्येबाट एक जना सदस्यलाई अध्यक्षमा चयन गरिने छ ।

जनप्रतिनिधि, राजनीतिक पार्टीका प्रतिनिधि, विद्यालयका शिक्षक, अभिभावक, सुरक्षाकर्मीलगायतको उपस्थितिमा भएको भेलाले लामो समयपश्चात विद्यालयले व्यवस्थापन समिति प्राप्त गरेको हो ।

व्यवस्थापन समिति गठनसँगै विभिन्न नियुक्ति, आर्थिक कारोवारलगायत अन्य अड्किएर रहेका काम गर्ने गाँठो फुकेको छ ।